मिलन अग्ला–होचाको

मिलन अग्ला–होचाको


 
केन्द्रबिन्दु डेस्क । १८ जेठ २०७४ ।

ब्राजिलका एक प्रेमी–प्रेमीकाले सँगै जीवन जीउने कसम खाएका छन् । अनौठो त के छ भने यी दुईको उचाईमा २ फिट ८ इञ्चको फरक छ । अर्थात ७ फिट ८ इञ्चको केटो र ५ फिटकी केटीको मिलन भएको छ ।

 

ब्राजिलका सवैभन्दा अग्ला यी २८ बर्षे तन्नेरीको नाम हो, जोएलिसव फर्नाडिस द सिल्वा । २१ बर्षे युवतीको नाम चाहिं इवेम मेडिरास हो । सिल्वा संसारकै तेस्रो अग्लो ब्यक्ति हुन् ।

यी दुईको मिलन भएपछि उनीहरुलाई चिन्नेहरुले जोडी नमिलेको प्रतिक्रिया दिईरहेका छन् । तर उनीहरुको खण्डन सहितको भनाई छ, “श्रीमान–श्रमती हुन शरिरभन्दा पहिला मन मिल्नु पर्छ, मन मिलेपछि सवै कुरा मिल्दै जान्छ ।”

स्रोत – एजेन्सी

Logo