इलाम फाकफोकथुम गापा–१ मा नेपाली काँग्रेस विजयी

इलाम फाकफोकथुम गापा–१ मा नेपाली काँग्रेस विजयी


इलाम, १६ असार । इलामको फाकफोकथुम–१ मा नेपाली काँङ्ग्रेसका वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । सो वडाको मतगणनाको नतिजाअनुसार नेकाका वडाध्यक्षका उम्मेदवार टेकवीर लिम्बू ६०३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेगबहादुर निरौलाले ४४० मत ल्याएका हुन् । सो वडाको महिला सदस्यमा नेकाकी लक्ष्मीमाया राई ६४९, दलित महिला सदस्यमा सीता बराइली ७४४, खुल्ला सदस्यमा डम्वरबहादुर पौडेल ६७५ र बालकृष्ण भट्टराई ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । रासस

Logo