बैतडी, १६ असार । बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शरदसिंह नेगीले २७१ मत प्राप्त गर्नुभयो । "/>

बैतडीकाे मेलौली–१ मा काँग्रेसको प्यानलै विजयी

बैतडीकाे मेलौली–१ मा काँग्रेसको प्यानलै विजयी


बैतडी, १६ असार । बैतडीको मेलौली नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुरतसिंह नेगी ६३० मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का शरदसिंह नेगीले २७१ मत प्राप्त गर्नुभयो ।

मेलौली–१ का सदस्यमा पनि नेकाकै उम्मेदवार विजयी भएका छन् । द्रोपती चन्द ४१८, द्रोपती दयाल ४४१, चिन्तासिंह बिष्ट ४४६ र शङ्करसिंह नायकले ४१८ मत ल्याएर विजयी हुनुभएको छ ।

पाटन नपा–१० मा एमाले विजयी 

यसैगरी, बैतडीको पाटन नगरपालिका–१० को अध्यक्षमा नेकपा (एमाले)का देवेन्द्र कुँवरको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकाका हरिदत्त भट्टलाई १३३ मतान्तरले पछि पार्दै कुँवर विजयी भएका हुन् ।

विजयी कुँवरले ३८१ मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सदस्यमा जयन्ती पन्त, दलित महिला सदस्यमा बिमला सार्की र सदस्यहरुमा नरबहादुर महरा तथा रमेशप्रसाद पन्त विजयी भएका छन् । रासस

Logo