केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असार ।

आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ । "/>

एइसी कप क्रिकेट असार ६ देखि

एइसी कप क्रिकेट असार ६ देखि


 केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असार ।

आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।

कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही असार ६ गतेदेखि कोटेश्वरमा सञ्चालन गरिने पाण्डा कन्सलटेन्सीका निर्देशक अर्जुन पाण्डेले जानकारी दिए ।

नकआउटका आधारमा खेलाइने उक्त इन्डोर क्रिकेट प्रतियोगितामा गोरखा नाइट्स, कस्तुरी एकेडेमी, अग्रवाल ब्रदर्स, पाण्डाजलगायत विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी मेडल तथा सर्टिफिकेट प्राप्त गर्नेछन् । त्यस्तै प्लेयर अफ द सिरिज घोषित हुने खेलाडीले रु पाँच हजार पाउनेछन् । प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।

Logo