कञ्चनपुर, ३० जेठ । "/>

लोक कलालाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान

लोक कलालाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान


कञ्चनपुर, ३० जेठ । स्थानीयस्तरका कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान गर्न थालिएको छ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले विभिन्न कार्यक्रमका माध्यमबाट परम्परागत नेपाली जातीय लोककला र संस्कृतिको जगर्ना गर्न खोज, संरक्षण र संवद्र्धनका कार्यलाई निरन्तरता दिँदै आएको हो ।

कञ्चनपुरको महेन्द्रनगरमा थारु कला संस्कृतिबारे आयोजित कार्यक्रममा बोल्दै प्रतिष्ठनका उपकुलपति शारदा चित्रकारले कला र संस्कृतिले समाजिक विविधताको पहिचान गराउने भएकाले तिनको संरक्षण गर्नु जरुरी रहेको बताइन् ।

कला र संस्कृतिको धनी मुलुक नेपालमा अहिले ओझेलमा परेका कला संस्कृतिको खोजी गरी संरक्षण गर्नु जरुरी रहेकाले प्रतिष्ठनले यस कार्यलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिइन् ।

“ग्रामीण पर्यटनका आधार परम्परागत लोककला भएकाले यसलाई व्यावसायिक नबनाइँदासम्म संरक्षण र संवद्र्धन हुनै सक्दैन,” थारु संस्कृतिविद् अशोक चौधरीले भने ।

थारु समुदाय कला, संस्कृति र सीपका क्षेत्रमा धनी रहेको उल्लेख गर्दै उनले यस समुदायका डेल्या, छिटवा, छिटनी, सुप्या, डोको, भकारी मुढा, ढकिया, झपाहा बेर्रा, बेर्राको बजारीकरण हुन सके यसले अन्तर्रा्ष्ट्रिय बजारमा पहिचान कायम गर्न सक्ने उल्लेख गरे ।

कृष्णअष्टमीका बेला थारु समुदायले घर घरमा बनाउने अष्टिम्की लोक चित्रकलामा पृथ्वीको उत्पत्तिदेखि वर्तमान जीवनसम्मका कुरालाई विभिन्न रङ्ग प्रयोग गरी सार्वजनिक गर्ने गरिन्छ ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका कठरिया, राना र डगौरा थारुको आफ्नै संस्कृति, पहिरन, गहना, लवाइखवाइ र परम्परागत सीपमा धनी छ ।

प्रतिष्ठनाले मोफसलका कलाकारलाई प्रोत्साहन गर्नका लागि २०६९ सालदेखि निरन्तर रूपमा लोककला प्रदर्शनी गरी लोक कलाकारलाई पुरस्कृत गर्दै आएको छ ।

विसं २०७३ मा प्रतिष्ठनले थारु संस्कृतिमा घर सजावट कलाकोे अनुसन्धान कार्यसमेत गरेको थियो । रासस

Logo