केन्द्रबिन्दु डेस्क । "/>

राष्ट्रव्यापी अन्तरविद्यालय अन्नपूर्ण बुद्धिचाल शुक्रबारदेखि

राष्ट्रव्यापी अन्तरविद्यालय अन्नपूर्ण बुद्धिचाल शुक्रबारदेखि


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ जेठ ।

अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको आयोजनामा १३औ राष्ट्रब्यापी अन्तरविद्यालय अन्नपूर्ण मैत्री खुल्ला बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । तीन दिने प्रतियोगितामा आठ स्पर्धा समाबेश गरिएको विद्यालयका बुद्धिचाल शिक्षक केशव श्रेष्ठले जानकारी दिए । स्विस लिग प्रणालीमा खेल हुने प्रतियोगितामा छात्र र छात्राका यु–१०, यु–१२, यु–१४ र १४ वर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताका हरेक स्पर्धामा शीर्ष तीन स्थान पाउनेले नगद पुरस्कार पाउने छन् भने दसौ स्थानसम्म आउने खेलाडीले मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको लागत १ लाख ३५ हजार रुपैयाँ रहेको छ ।

लागातार १३ बर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको अन्नपूर्ण उच्च माविले विगतमा दोश्रो राष्ट्रिय महिला बुद्धीचाल प्रतियोगिता र तेश्रो राष्ट्रिय युथ च्याम्पियनसिपको आयोजना गरिसकेको छ ।

पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठको प्रशिक्षणमा रहेको अन्नपूर्ण उमाविबाट नेपालका परिचित खेलाडीको उदय भइसकेको छ । वर्तमान स्टार हिमाल लामासहित पूर्वराष्ट्रिय युथ उपविजेता विजय डंगोल यसै विद्यालयका उत्पादन हुन् ।

वर्तमान नेपाली चेसका परिचित स्टार मदनकृष्ण कायस्थ, निकेश दुवाल, रुपेस जयसवाल, विवेक थिङ, मोनालिसा खुम्बु, तारा घले, सुजना लोहनी, शान्ता थापा, सुरुचि थिङ, हिमाल लामा, सुशील चौधरी, बीना जयसवाल र विजय डंगोल यसै प्रतियोगिताका विभिन्न सस्करणका पदक विजेता हुन् ।

Logo