५ टप नेपाली अभिनेत्री

५ टप नेपाली अभिनेत्री


सरिता लामिछाने ।

उत्कृष्ठ अभिनय क्षमता प्रदर्शन गर्ने नायिकाहरु छैनन् । तर भएमध्येकावाट राम्रा छान्न सकिन्छ । जस्तो – पहिले देखि अहिलेसम्मका नायिकाहरु मध्येवाट ५ जना छान्नुपर्दा यसरी छान्न सकिन्छ । –

पहिले देखि अहिलेसम्म

स्तरिय फिल्मकी नायिका– तृप्ती नाटकर
राम्रा र धेरै दर्शक प्रिय फिल्मकी नायिका हुन् तृप्ती । कुसुमेरुमाल, लाहुरे, संझना जस्ता सदाबहार फिल्ममा अभिनय गरेकी उनले अभिनेत्रीको क्रेज स्थापित गर्ने कार्यमा ठूलो भूमीका निर्वाह गरिन् ।

 

सुन्दरी नायिका – करिष्मा मानन्धर
सुन्दरी नायिकाको पगरी पाएकी करिष्माको सधैं चर्चा राम्रो अनुहार र जिउडालमा केन्द्रीत रयो । सुत्रात्मक फिल्मकी नायिकामा हुने गुण बोकेकी उनी ‘स्क्यान्डल कुइन’ जस्तो पनि भइन् ।

राम्रो अभिनय – बिपना थापा र जल शाह
अभिनयमा बिपना र जल शाहजस्तो अर्को नायिका देखिएनन् । ब्यवसायिकरुपमा समेत माथि रहेका उनीहरु रोजेर फिल्म गर्थे । अनुशासन, अभिनय प्रतिभा र स्तरिय सोच–विचार राख्ने उनीहरु राम्रो ब्यक्तित्व भएका नायिका हुन् ।

ब्यवसायिक फिल्मकी नायिका – निरुता सिंह
सुरुमा तुलसी घिमिरेकी नायिका भनेर चर्चा भएपनि क्रमश यसरी स्थापित भइन् कि उनी आम नायकको तुलनामा बढी पारिश्रमिक अफरगर्नेमा पर्नथालिन् । निरुताका कारण फिल्मको ब्यापार बढ्छ भन्ने पनि स्थापित भयो । उनका धेरै फिल्म बक्स्अफिसमा अब्बल ठहरिए ।

 

बोल्ड नायिका – रेखा थापा
नेपाली फिल्म क्षेत्रमा रेखा थापा ‘बोल्ड र भर्सटायल’ नायिका हुन् । अभिनय, फिल्मको ब्यापार र आफ्नो भूमीकालाई न्याय गर्न सक्ने क्षमता राखिन् उनले । नायिका हाबी भएका फिल्म चल्छन् भन्ने उदाहरण स्थापित गर्ने पनि उनै हुन् । बढी फ्यान कमाउनेमा पनि उनलाई कसैले जितेन । सामाजिक सञ्जालमा उनी सम्पूर्ण नेपालीहरुमा नै सवैभन्दा प्रिय छिन् ।


(लेखक सरिता लामिछाने कुशल अभिनेत्री हुन् । र, सँग–सँगै उनी सञ्चारकर्मी पनि हुन् । उनले पत्रकारितामा डेढ दशक विताएकी छन् । सं ।)

Logo