संवैधानिक नियुक्ति खारेजीको माग गर्दै सभामुखद्वारा सर्वोच्चमा रिट दायर

संवैधानिक नियुक्ति खारेजीको माग गर्दै सभामुखद्वारा सर्वोच्चमा रिट दायर


संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन् ।

आज बिहान रिट लिएर सभामुख आफैं सर्वोच्च अदालत पुगेका हुन् । सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापा लगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेको बताइएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । जसको अहिले चौतर्फी विरोध भइरहेको छ ।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो ।​  

Logo