आइतबार ६ सयले बढ्यो सुनको मूल्य

आइतबार ६ सयले बढ्यो सुनको मूल्य


साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुन आज ६ सय रुपैंयाँले बढेको हो ।  

गत हप्ता आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो भने बुधबार ६ सयले घटेको थियो । सुन विहिबार ९ सयले घटेको थियो । शुक्रबार १ हजार १ सयले घट्दै प्रतितोला ९० हजार रुपैंयाँमा कारोबार भएको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ६ सय कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार १५० रुपैंयाँ रहेको छ । यता चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ । चाँदी आज १ हजार ३१० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Skip This
Logo