२७ साउन २०७९ शुक्रबार
1
1
1
1

0 Shares

काठमाडौंको भृकुटीमण्डपमा २२ औं पुष्प मेला सुरु

1
1
1
1
1

काठमाडौँ

काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला सुरु भएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौंधरीले शुक्रबार एक कार्यक्रमबीच २२ औं पुष्प मेलाको उद्घाटन गरेकी छिन् । पुष्प व्यवसायको अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

उनले मेलाहरुको प्रदर्शनीको लागि तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । भृकुटीमण्डपमा रहेको प्रदर्शनी स्थलको भौतिक पूर्वाधार जीर्ण भइसकेकोले सरकारले प्रदर्शनको लागि छुट्टै स्थलको व्यवस्था गर्न ढिलाई गर्न नहुने उनको भनाई छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो मेलामा ४८ वटा स्टल रहेका छन् ।

आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको विरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । ३ दिनसम्म चल्ने मेलामा करिब ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
नयाँ पत्रिकाबाट

प्रकाशित: ९ चैत २०७५ ०६:२४ शनिबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी