भट्ट हत्याका दोषीलाई कारवाही गर्न महिला आयोगको माग

भट्ट हत्याका दोषीलाई कारवाही गर्न महिला आयोगको माग


राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान शुरु भएको पाइएको बताइएको छ । अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पीडितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ ।  

आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अपराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशिल भएर लागेको बताइन्। घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादूर थापासँग गम्भीर छलफल भएको उनले बताइन् । घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको उनको भनाइ छ । केन्द्रमा रहेको आयोग कसरी तलसम्म पुग्न सक्छ भनी छलफल भइरहेको उनले बताइन् । उनले भनिन्, “प्रदेश, पालिका र वडास्तरसम्म कसरी पुग्न सकिन्छ भनी छलफल भइरहेको छ।”  

आयोगकी सदस्य खतिवडाले आफू घटनास्थल पुग्दा त्यहाँको प्रहरी दिन र राति नभनी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको जानकारी दिइन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पीडक कानूनको दायरामा आउने उनले विश्वास व्यक्त गरिन् । पीडितको बुबा भर्खरै बितेको, दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा विक्षिप्त भएको पाइएको टोलीले जनाएको छ। पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिन समेतको आयोगले सरसँग अपिल गरेको छ ।  

Skip This
Logo