९ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

धमाधम पार्टी छोड्दै विप्लवका कार्यकर्ता

1
1
1
1
1
1

गोरखा

गोरखामा नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ता धमाधम सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्न थालेका छन् । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन जिल्ला संयोजक भोला भुजेल सहित तीन जना जिल्ला कमिटी सदस्यहरुले शनिबार सत्ताधारी नेकपामा प्रवेश गरेका हुन् ।

गोरखा नगरपालिका १० मा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा संगठन संयोजक भुजेल, जिल्ला सदस्यहरु विशाल गजुरेल र भरत कोइरालालाई खादा र टीका लगाएर पार्टीको सदस्यता प्रदान गरे ।

‘धेरै जसो समय व्यवसाय गर्ने र बचेको समय राजनीतिक कार्यक्रममा भाग लिने हामी प्रतिबन्धित पार्टीमा लागेर काम गर्न नसक्ने भएकाले नेकपामा प्रवेश गरेका हौं’, भुजेलले भने, ‘गत फागुन ५ गतेदेखि विप्लवको पार्टी परित्याग गरेका थियौं । आज नेकपामा प्रवेश गर्‍यौं ।’

यसअघि एनसेल टावरमा आगजनी गरेको आशंकामा पक्राउ परेका विप्लव पार्टीका कार्यकर्ता दीपक बोहोराले पनि पार्टी परित्याग गरेका छन् ।
अन्नपूर्णबाट

प्रकाशित: १० चैत २०७५ ०५:४८ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी