‘अदालतको फैसला कांग्रेसलाई मान्य हुन्छ’ : देउवा

‘अदालतको फैसला कांग्रेसलाई मान्य हुन्छ’ : देउवा


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको फैसला कांग्रेसलाई मान्य हुने बताएका छन् । आज कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।  

अदालतमा विचाराधीन मुद्दामा यसो गर, उसो गर भन्न मिल्दैन । अदालतको निर्णय हुन दिउँ । देउवाले भने, अदालतले न्याय नदिए त्यो भन्दा ठूलो अदालत जनता हुन् ।

देउवाले निर्वाचन आयोगले जेठसम्म जसरी पनि निर्वाचन गराउनै पर्ने बाध्यता रहेकाले जति सक्दो छिटो कार्यतालिका सार्वजनिक गर्नु पर्ने बताए । नेकपाको झगडाले देशलाई बन्दी बनाएको भन्दै उनले ओलीले वैशाखसम्म चुनाव गराउँछु गराउँछु भनेका छन् तर निर्वाचन आयोगले केही नबोलेको प्रति शंका गर्नुपर्ने बेला आएको बताए ।

कांग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशका सबै जिल्लामा विरोध सभा गरेको छ ।  

Logo