‘वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अब धेरै टाढा छैन’ : गगन थापा

‘वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अब धेरै टाढा छैन’ : गगन थापा


नेपाली कांग्रेसका युवा नेता गगन थापाले बैतडीमा मंगलबार कांग्रेसको सभामाथि नेकपाको ओली समूहले गरेको आक्रमणको निन्दा गरेका छन् । सामाजिक संजाल फेसबुकमा आज एक सन्देश पोष्ट गर्दै नेता थापाले घटनाको निन्दा गरेका हुन् ।  

मंगलबार बैतडीको डिलासैनीमा कांग्रेसले आयोजना गरेको प्रतिनिधिसभा विघटनविरुद्धको कार्यक्रममा नेकपाको ओली समूहले  आक्रमण गर्दा ६ जना घाइते भएका थिए । सो कार्यक्रममा नेता एनपी साउद र नेतृ डिला संग्रौला लगायत सहभागी थिए ।  

नेता थापाले भनेका छन् :

बैतडीमा एनपी साउद र डिला संग्रौला सहभागी भएको नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ। हिंसा कायरहरूको हतियार हो। निषेध र आक्रमणको यो शैली सत्ता शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र  वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अब धेरै टाढा छैन ।  

Logo