आज महाष्टमी पर्व मनाइयोदेखि सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोडसम्म (भिडियोसहित)

आज महाष्टमी पर्व मनाइयोदेखि सुन्धारास्थित मुसफिर मदिनी मस्जिद तोडफोडसम्म (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरु मध्ये कोरोना भाइरसको एन्टिडोट बनाउन रुस लामो समयदेखी प्रयासरत रहेको छ । यस्तैमा रुस ‘स्पुतनिक भी’ नामक कोभिड १९ विरुद्धको खोपको परीक्षण गरिरहेको छ । रुसले आफ्नो खोपलाई प्रभावकारी भन्दै आए पनि यसले विश्व स्वास्थ्य संगठनबाट आधिकारिक मान्यता भने पाएको छैन । तर यस खोपको परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

आज आश्विन शुक्ल अष्टमीको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिएको छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिएको छ । आजकै दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिएको छ ।

कोरोना भाइरसको प्रभाव नेपाली खेल क्षेत्रमा परेसँगै अफ्रिकी मुलुकबाट फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीहरु चरम आर्थिक अभावमा परेका छन् । खेलाडीहरूका अनुसार उनीहरूले महिनौँ देखिको डेरा भाडा तिरेका छैनन् भने खानकै लागि पनि निकै समस्या परेको छ । त्यसमाथि कतिपयले क्लबले पूरा तलब नदिएको गुनासो गरिरहेका छन् ।

बडा दशैँ र कोरोना महामारीकै बिच राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’ मार्फत समेत गरिने जनगणनामा नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई पनि नेपालकै मानिस मानिनेछ । जुन जनगणना नेपालमा पहिलो पटक गरिन लागेको हो । त्यस्तै जनगणनाका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया पनि अघि बढेको छ ।

आज भन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय आक्रोशित बनेका छन् । भिडियो :

 

Logo