ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने

ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने


ललितपुर ।

ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो ।

हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताए । गत वर्षझँै यस वर्ष पनि साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको महर्जनले जानकारी गराए।

हाल लपु महानगरपालिकाको वाग्मती पुलदेखि लगनखेल तथा पुल्चोकदेखि ग्वार्को र लगनखेलबाट मङ्गलबजार हुँदै पाटन दरबार आसपास क्षेत्रका सडकमा हरियो रङ कहीँ पोतियो र कहीँ पोतिँदैछ । अहिले पोतिँदै गरेको हरियो रङमा साइकल चढ्नेलाई मात्र प्राथमिकता दिइने भनिए तापनि अब पोतिने रातो रङमा केवल साइकल मात्रै गुड्न पाउने महर्जनको भनाइ छ ।

ललितपुरको गोदावरी उद्यानदेखि काठमाडौँको शिवपुरीसम्म लगभग ३५ देखि ४० किलोमिटर साइकल लेन बनाइनेमा अन्य नगरका प्रमुख पनि सकारात्मक नै रहेका प्रमुख महर्जनले बताए । हाल सडकमा दैनिक चलिरहेका यातायातले बढी मात्रामा वातावरण प्रदूषण गर्ने हुँदा साइकलको प्रयोगले वातावरण स्वच्छ हुनेछ ।

ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गरिरहेता पनि ऐन भने हालसम्म बनाउन सकेको छैन ।

Logo