१२ असोज २०७९ बुधबार
1
1
1
1

पूर्वराजा ज्ञानेन्द्र इलाम जाँदै

1
1
1
1

पूर्वराजा ज्ञानेन्द्र शाह आज इलाम जाँदै छन् ।  पूर्वी नेपालको भ्रमणमा रहेका पूर्वराजा शाह केही समययता दमकमा बस्दै आएका छन् ।

शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने कार्यतालिका  रहेको छ  ।  त्यसपछि भ्रमणका क्रममा शाह इलामबाट चैत १८ पाँचथरको फिथिम जानेछन् ।

त्यसैगरी, १९ गते बिहानीपख फिदिम गढीमाइको दर्शन गर्ने र त्यहाँबाट इलाम फर्किएर २० गते इलाम नै बस्ने त्यसपछि २१ गते बिहान इलामको माइ मन्दिरको दर्शन गरेर दमक फर्किने कार्यक्रम तय भएको छ । उनले मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्ने तय भएको बताइएको छ ।

यसअघि ज्ञानेन्द्रले फागुन २९ देखि चैत ३ गतेसम्म मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।

प्रकाशित: १७ चैत २०७५ १०:४७ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी