२३ असार २०७९ बिहीबार
1
1
1
1

0 Shares

बार एशोसिएशनको मतगणना जारी

1
1
1
1

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि गत शनिबार भएको निर्वाचनको मतगणना जारी छ।

सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको थियो ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् । झापा, इलाम र उच्च अदालत विराटनगरको ३०९ मतगणना गर्दा श्रेष्ठले १९६ मत प्राप्त गरी अग्रता लिएका हुन् । बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले १०९ मत प्राप्त गरेका छन् ।

बारमा नयाँ नेतृत्वका लागि एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक/एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । उनीहरुको कार्यकालतीन वर्षको हुनेछ ।

निर्वाचनमा देशभर बारका८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित: १९ चैत २०७५ १०:०७ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी