एन्फाद्वारा पूर्व कप्तान निरु सम्मानित

एन्फाद्वारा पूर्व कप्तान निरु सम्मानित


अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान निरु थापालाई सम्मान गरेको छ । 

एन्फाले मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको दिन ‘एएफसी वुमेन्स डे’ मनाउँदै आएको छ । सोही अवसरमा एन्फाले सोमबार नेपाली फुटबलमा पुर्याएको योगदानको कदर गर्दै पूर्व कप्तान निरुलाई सम्मान गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला कमिटी संयोजक पेमा लामा, राखेप बोर्ड सदस्य तथा पूर्व महिला मुख्य प्रशिक्षक हरि खड्काले नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निरुलाई कदरपत्रले सम्मान गरेका थिए । 

गत वर्ष नेपालमै भएको १३ औं दक्षिण एसियाली प्रतियोगितासँगै निरुले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेकी थिइन् । क्लब फुटबल भने उनले निरन्तर खेलिरहेकी छिन् । राष्ट्रिय महिला लिगमा उनले नेपाल पुलिस क्लबबाट खेलेकी थिइन् ।

Logo