काठमाडौं उपत्यकामा आजसम्मकै उच्च संक्रमित, ३ हजार १०७ जना थपिए

काठमाडौं उपत्यकामा आजसम्मकै उच्च संक्रमित, ३ हजार १०७ जना थपिए


काठमाडौं ।
काठमाडौं उपत्यकामा आज ३ हजार १०७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २ हजार ३९१ , भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना थपिएका हुन् ।

यससँगै, काठमाडौंमा ५० हजार ५६२, ललितपुरमा ७ हजार १५८ र भक्तपुरमा ४ हजार ८६१ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ६२ हजार ५८२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । आज ५ हजार ७४३ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ९९६ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । आज मात्र २६ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण २० हजार ११८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख ३४ हजार ८९७ रहेको छ । आज ४४ हजार ४७६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo