बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप

बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप


बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोना भाइरस विरुद्धको पहिलो खोप दिइएको छ।युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् । 

“मैले भर्खरै कोरोना भाइरसविरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

उनले खोप लगाउँदा आफूलाई सुरक्षित महसुस भएको बताउँदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । “कोरोनाविरुद्धको खोप लगाउनु राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अब त्यस्तो हुने छैन,” उनले उल्लेख गरेका छन्।

खोप लगाएपछि आफूलाई कुनै असजिलो नभएको जानकारी दिंदै उनले खोप लगाउँदा छिटो र सजिलो भएको बताए। 

प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए। बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ। 

कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो। त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो।रासस

Logo