ट्रिपरको ठक्करबाट एकको मृत्यु, चारजना घाइते

ट्रिपरको ठक्करबाट एकको मृत्यु, चारजना घाइते


पूर्वपश्चिम राजमार्गस्थित दमक नगरपालिका–४ मा आज अपर ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोरङ रतुवाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते हुनेमा सोही स्थान बस्ने २३ वर्षीय निरन बस्नेत, १८ वर्षीय हर्षित बाँस्तोला, उर्लाबारी नपा–८ बस्ने ४० वर्षीय तुलाराम ढुङ्गाना र सोही ठाउँ बस्ने ८५ वर्षीय शिवलाल ढुङ्गाना रहेका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश नं १–०२–००१क १०८२ नंको ट्रिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नंको मोटरसाइकल र को२८प ११३६ नंको अर्को मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु घाइते भएका थिए । घाइतेमध्ये कोइरालाको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये प्रदेश–१–०२–०४४प८१३३ नंको मोटरसाइकल चालक बस्नेत र बाँस्तोलाईलाई विर्तामोडस्थित विएण्डसी अस्पताल, को२८प ११३३ नंको मोटरसाइकल चालक ढुङ्गाना, पछाडि बस्ने शिवलाललाई दमक अस्पतालमा उपचारका लागि पठाइएको छ । इलाका प्रहरी कार्यालय दमकले ट्रिपर चालक दमक नगरपालिका बस्ने ४९ वर्षीय प्रकाश तामाङ र टिपर नियन्त्रणमा लिएको छ ।

Logo