सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?

सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?


साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज २ सयले घटेको हो। आइतबार ५ सयले बढेको थियो ।

सुनको मूल्यमा अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुनको प्रतितोला ८७ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ५५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ। चाँदी तोलामा एक हजार २६० मा कारोबार भइरहेको छ। 

Logo