१४ माघ २०७८ शुक्रबार

यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा निःशुल्क स्वास्थ शिविर

के एल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रालि र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । धादिङको टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा शिविर आयोजना गरिएको हो।

शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष साइला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो । धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउबाट लगभग ५ सय ५० भन्दा बढि सर्वसाधारण शिविरबाट लाभान्वित भएका छन । सो शिविरमा मुख्य रुपमा आखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो । शिविरमा नगर स्वास्थ्य प्रमुख शिवहरि भट्टसहित विभिन्न स्वाथ्य संस्थाबाट १५ जना भन्दा बढी स्वास्थकर्मीको उपस्थिति थियो  ।

स्वास्थ्य उपचारबाट कोही पनि नागरिक बञ्चित हुन नपरोस भन्ने ध्येयका साथ कार्यक्रम आयोजना गरिएको यूनाइटेड सिमेन्ट्सले जनाएको छ । आफ्नो संस्थाले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका विनोद कुमार न्यौपानेले बताए ।

 

प्रकाशित: २७ चैत २०७५ १७:०२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी