घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालियो

घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालियो


स्याङ्जाको गल्याङ नगरपालिकामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा जिउँदै फालिदिएको प्रहरीले जनाएकाे छ । कालीगण्डकीमा फालिएका सहचालकको शव आज बिहान फेला पर्नुका साथै अर्का सहचालक पक्राउपरेसँगै यो कुरा बाहिर आएकाे हाे । 

ट्याक्टरका चालक अमित परियार भने अहिलेसम्म फरार छन् । अर्का सहचालक सुनील राना पाल्पास्थित घरबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 

चैत ५ गते राति १० बजे ढुंगा बोकेर फर्किएको ट्याक्टरका चालक र सहचालकले बीच बाटोमा मदिरा सेवन गरेको र अघि बढ्ने क्रममा सहचालक खसेर घाइते भएपछि सोही ट्याक्टरमा राखेर कालीगण्डकी नदीमा फालेर चालक र अर्का सहचालक फरार भएका थिए ।

 

Logo