1
1
1
1
1
0
Shares

‘पूर्वराजा’ ज्ञानेन्द्रको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु

1
1
1
1
1
1
1
1

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।

ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको थियो । ठक्करबाट मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गएराति ९ बजेतिर दुर्घटना हुँदा चौधरीको मृत्यु भएको हो । ट्राफिक जामको बेला उक्त गाडिले मोटरसाईकललाई ठक्कर दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार विसीले जानकारी दिए ।

गाडि पूर्व राजाको हो या होईन भन्नेबारे अझै वास्तविक तथ्य बाहिर आउन नसकेको उनको भनाई छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

File Photo

प्रकाशित: २८ चैत २०७५ ११:४९ बिहीबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी