२ जेठ २०७९ सोमबार
1
1
1
1

0 Shares

लिबियाबाट नेपाली सेना तत्काल नफर्किने स्पष्ट

1
1
1
1
1
1

काठमाडौँ

नेपाली सेनाले शान्ति सैनिक लिबियाबाट तत्काल नफर्किने स्पष्ट पारेको छ ।

लिबियामा एक सातादेखि संघर्ष जारी छ । त्यस क्रममा कम्तीमा ५६ को मृत्यु भएको छ भने साढे दुई सय जना भन्दा बढी घाइते भएका छन् । लिबियामा द्वन्द्व चर्किएसँगै अमेरिका र भारतले त्यहाँबाट आफ्ना शान्ति सेना फर्काएका छन् । त्रिपोलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षाको जिम्मेवारी अहिले नेपाली सेनाको काँधमा छ ।

यसैबीच नेपाली सेनालाई फिर्ता बोलाउने या नबोलाउने भन्ने विषयमा बहस तथा छलफल समेत भएका थिए । संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेको थियो । शुक्रबार नेपाली सेनाले एक विज्ञप्ती निकाल्दै नेपाली शान्ती सेना तत्काल फिर्ता बोलाउने योजना नरहेको बताएकोे छ । सेनाले अन्तर्राष्ट्रिय समुदायको नेपाली शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको समेत स्पस्ट पारेको छ ।

लिबियामा २ सय ३२ जना नेपाली शान्ति सैनिक छन् । उनीहरू त्रिपोलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षामा छन् ।
नागरिकबाट

प्रकाशित: ३० चैत २०७५ ०६:२५ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी