भारतीय सेनाद्वारा नेपाली सेनालाई १ लाख डोज कोरोना खोप उपलब्ध

भारतीय सेनाद्वारा नेपाली सेनालाई १ लाख डोज कोरोना खोप उपलब्ध


भारतीय सेनाले नेपाली सेनालाई १ लाख डोज कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराएको छ। आइतबार साँझ उक्त परिमाणको खोप नेपाली सेनाले प्राप्त गरेको हो।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले पुणेस्थित सेरम इन्स्टिच्युटमा विकास गरिरहेको कोभिशील्ड भ्याक्सिन भारतीय सेनाले नेपाललाई उपलब्ध गराएको हो।

काठमाडौँस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले उपहारको रुपमा दिएको खोप नेपाली सेनाले प्राप्त गरेको जनाएको छ। 'भारतमा बनेको कोभिड १९ को खोपको १ लाख डोज भारतीय सेनाले नेपाली सेनालाई प्रदान गरेको छ। जुन त्रिभुवन विमानस्थलमा नेपाली सेनाले ग्रहण गरिसकेको छ,' भारतीय दूतावासले आइतबार साँझ ट्वीटरमार्फत् जनाएको छ।

नेपाली सेनाले उक्त खोप आइतबार ग्रहण गरेको हो । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले पनि भारतीय सेनाले दिएको उक्त खोप आफूहरुले प्राप्त गरेको जानकारी दिए।

भारतीय सेनाबाट प्राप्त उक्त खोपको सहयोगलाई सेनाका प्रवक्ता पौडेलले सकारात्मक रुपमा लिएको जनाएका छन् । साथै उक्त खोप नेपाली सेनाका कर्मचारीहरु र तिनका परिवारलाई लगाइने पौडेलले बताए। यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख डोज उपलब्ध गराएको थियो।अन्नपूर्णबाट

Logo