११ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

आज चैते दशैं पर्व देशभर मनाईंदै

1
1
1
1

काठमाडौँ

चैत अष्टमी अर्थात चैते दशैं पर्व आज हिन्दू धर्मावलम्बीहरुले दुर्गा भवानीको पूजा आरधना गरी मनाउँदैछन् ।

आज मुलुकका विभिन्न शक्तिपीठ तथा मन्दिरमा शक्तिस्वरुपा भगवतीको दर्शनार्थ बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ । चैत र असोजमा गरी वर्षमा दुई पटक दशैं बनाइने प्रचलन रहेको छ । यस समयमा दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । तर असोजमा मनाईने वडादशैं भन्दा चैतेदशैंलाई भने कम महत्वको मानिन्छ ।

शक्तिस्वरुपा भगवतीको आरधना गर्नाले जस्तोसुकै संकटबाट पनि पार पाउन सकिने सप्तशती, चण्डी, देवीभागवत, कालिकापुराण आदिमा उल्लेख छ । चैतेदशैंको दिन काठमाडौंका दक्षिणकाली, शोभा भगवती, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायतका शक्तिपिठमा दर्शनार्थीको घुँईचो लागेको छ ।

प्रकाशित: ३० चैत २०७५ ०८:४३ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी