दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल

दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल


नेपाल दूरसञ्चार प्राधिकरणको प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् । प्राधिकरणका निर्देशक रहेका पौडेललाई सोमबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहँदै आएका छन् । उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको प्रमुख, अनुमति तथा ग्रामीण दूरसञ्चार विकास कोष तथा अनुगमन शाखालगायत प्रमुखको नेतृत्व लिइसकेका छन् ।

प्राधिकरणमा विगत पाँच वर्षदेखि प्रवक्ताको रुपमा निर्देशक मिनप्रसाद अर्याल रहेका थिए ।

Logo