1
1
1
1
1
0
Shares

भेट्टाएको १ लाख रुपैयाँ फिर्ता

1
1
1
1
1
1
1
1

सर्लाही

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरस्थित एक किशोरले बाटोमा भेट्टाएको १ लाख रुपैयाँ सम्बन्धित धनीलाई फिर्ता गरेका छन् ।

 उक्त रकम नवलपुर निवासी नथुनी साहको रहेको र उनले शनिबार पैसा फिर्ता पाएका हुन् । नवलपुर चोकस्थित ज्ञानज्योति पुस्तक पसलका सञ्चालक अजय श्रेष्ठका छोरा १४ वर्षीय आर्यनले शुक्रबार दिउँसो रकम भेट्टाएका थिए । भेट्ने बित्तिकै आर्यनले बुबा अजयलाई लगेर दिएका थिए ।

 शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्य कार्कीसहित स्थानीय भद्रभलादमीको रोहवरमा अजय र आर्यन (बाबुछोरा) ले नथुनीलाई नगद फिर्ता गरेका हुन् ।

 उक्त भेटिएको रकम नथुनी साहको भएको पुष्टि भएपछि फिर्ता गरिएको प्रहरीले जनाएको छ । नथुनीले आफूले किनेको जग्गाधनीलाई दिन आफन्तसँग तीन लाख रुपैयाँ सापटी लिएर तिर्न जाने क्रममा एक लाखको बण्डल बाटैमा खसालेका थिए ।

नागरिकबाट

प्रकाशित: १ बैशाख २०७६ ०७:०३ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी