१० असोज २०७८ आइतबार

0 Shares

मोरङबाट ७ सय ७५ ले लिए वंशजको नागरिकता, ३५ सयलाई टोकन

विराटनगर

जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको भीड बढेको छ । मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ । थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिनुभयो ।

ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता वितरण भई रहेको वताउनुभयो । जसमा रंगेलीबाट १ सय ५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६ सय ६६ लाई नागरिकता वितरण गरिसकिएको छ ।

यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको थियो । चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो ।

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृहमन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो । नागरिकता पाउनका लागि आमा र वावुुको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ । २०६३ सालमा टोलीले देशभरका १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिकता दिएको थियो ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: ६ बैशाख २०७६ ०५:४० शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी