११ असोज २०७९ मंगलबार
1
1
1
1

0 Shares

दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्त नियुक्त

1
1
1
1

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका छन् । थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।

संवैधानिक परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेका थपलियाको नाम बुधबार संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो । २०७५ चैत १० गते अयोधीप्रसाद यादवले अवकाश पाएपछि निर्वाचन आयोग नेतृत्वविहीन थियो । राष्ट्रपति भण्डारीले शुक्रबार नै राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गरेकी छन् ।

सर्वोच्च अदालतमा ५ न्यायाधीश नियुक्तः
राष्ट्रपति भण्डारीले न्याय परिषदले सिफारिस गरेका पाँच जनालाई पनि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् । बिहीबार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि उनीहरुलाई शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी हुन् ।

प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मालाई न्यायाधीशमा नियुक्त गरेकी हुन् । ढुंगाना र माथेमा उच्च अदालतका मुख्य न्यायाधीश थिए भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी मध्येबाट न्यायाधीश सिफारिस भएका थिए ।

प्रकाशित: ६ बैशाख २०७६ १८:३२ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी