६ महिनापछि प्रदेश २ को प्रदेश सभा बैठक बस्दै

६ महिनापछि प्रदेश २ को प्रदेश सभा बैठक बस्दै


प्रदेश २ मा करीब ६ महिनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ। 

प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा ६ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन सुरु गर्न लागिएको बताइएको छ। प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जीत यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो।

संसद् बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको प्रदेशसभा संसद् सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए। नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो। 

पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय छ। अन्य विषयमा दलसँग छलफल भइरहेको यादवले जानकारी दिए।रासस

Logo