२३ असार २०७९ बिहीबार
1
1
1
1

0 Shares

विप्लवमाथिको सूक्ष्म निगरानी जारी

1
1
1
1

काठमाडौं

सरकारी निर्णय कार्यान्वयन गर्दै नेपाल प्रहरीले ७७ वटै जिल्लामा विप्लव नेकपाका गतिविधिमाथि सूक्ष्म निगरानी गरी नेता तथा कार्यकर्तामाथि कारवाही जारी राखेको छ ।

गत फागुन २८ गते सरकारले विप्लवको नेकपासँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेसँगै प्रहरीले पक्राउ गरी कारवाही गर्न थालेको हो ।

विप्लव नेकपाका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारको दाबी छ । यद्यपि वार्ता र सहमतिमा आउन भने सरकारले आह्वान गर्दै आएको छ ।

गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो ।

विप्लव समूहका १८० हिरासतमा

विप्लव नेकपाका गतिविधिमाथि कारवाही गर्ने फागुन २८ को सरकारी निर्णयपछि प्रहरीले देशका विभिन्न जिल्लाबाट उसका १८० नेता तथा कार्यकर्ता पक्राउ गरी हिरासतमा राखेर कारवाही अगाडि बढाएको छ ।

उनीहरुमाथि मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए । पक्राउ परेका बम विष्फोट तथा विभिन्न आपराधिक घटनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश ओली र पोलिट्ब्यूरो सदस्य मोहन कार्कीसहितका नेता कार्यकर्ता छन् ।
रासस

प्रकाशित: ७ बैशाख २०७६ ०६:४८ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी