नयाँ वर्षको अवसरमा स्मार्टडोकोले ल्यायो ‘स्मार्टडोको नयाँवर्षको अफर’

नयाँ वर्षको अवसरमा स्मार्टडोकोले ल्यायो ‘स्मार्टडोको नयाँवर्षको अफर’


स्मार्टडोको अनलाइन सपिगं प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा 'स्मार्टडोको नयाँवर्षको अफर' लिएर आएको छ। जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् । 

ग्राहकहरुले स्मार्टडोको मार्फत सामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् रनियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिद गर्न सक्नेछन् । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्डबाट गर्न सकिनेछन् । 

‘हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले यसै नववर्षको अवसरमा “स्मार्टडोको नयाँवर्षको अफर” ल्याएको छ। हामीले स्वास्थ्यसँग सम्बन्धि प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्ट लगायतका कयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराएका छौं। हामीले रिङ्गरोड भित्र निःशुल्क डेलिभरी गर्दै आएका छौं र यस नयाँवर्षको अवसरमा नेपाल भरी मात्र रु. ५० मा डेलिभरी गर्दैछौं। हामीले आफ्ना ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएका छौं। हामीले ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै आएका छौं। ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन् भन्ने उद्देश्यअनुरुप सेवा उपलब्ध गराइरहेका छौं।’–कम्पनीका सिईओ दिकेश मलहोत्राले बताए । यो अफर ०७८ बैसाख १ गतेदेखि ५ गते सम्म मात्र लागू रहने कम्पनीले जनाएको छ।

Logo