कोरोना जोखिमका बाबजुद पनि सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुँदै

कोरोना जोखिमका बाबजुद पनि सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुँदै


कोभिड–१९ संक्रमणको जोखिमका बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदैछ।

रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठाशाला अघि लगिने तयारी गरिएको छ । रथयात्रा भने आज बेलुकी ६ बजेबाट सुरु हुनेछ । रथ यात्राको पहिलो दिन सेतो मच्छेन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ । असनमा पु¥याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ। 

मच्छेन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा पु¥याएपछि अन्त्य गरिन्छ । सेतो मच्छेन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्या रथयात्रा निकालेपछि वर्ष हुने धार्मिक विश्वास पनि रहेको छ। 

कोरोना संक्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउनका लागि जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथ भन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ।

Logo