बढ्यो सुनको मूल्य, कति छ आज?

बढ्यो सुनको मूल्य, कति छ आज?


साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन एक सयले बढेको हो ।

गत हप्ता आइतबार सुन ९ सयले घटेको थियो। सोमबार स्थिर रहेको थियो भने मंगलबार १ सयले घटेको थियो। बुधबार सात सयले घटेको सुन बिहीबार तीन सयले बढेको थियो। शुक्रबार नौ सयले घटेको थियो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज स्थिर छ। आज चाँदी तोलामा एक हजार २९५ मा कारोबार भइरहेको छ।

Logo