1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

आन्दोलनरत चिया मजदुरद्वारा चिया उद्योगमै तोडफोड

1
1
1
1
1
1
1

भद्रपुर

सरकारले तोकेको ज्याला उद्योगीबाट नपाएको भन्दै एक महीना यतादेखि आन्दोलनमा उत्रिएका चिया मजदुरले झापाको एउटा चिया उद्योगमा तोडफोड गरेका छन् । झापा हल्दीबारी २ मा रहेको कामक्षादेवी टी प्रा लीको चिया उद्योग तोडफोड गरेको उद्योगीले जनाएका छन् ।

दीपक तामाङ र सिता सापकोटाको नेतृत्वमा डेढसयको सङ्ख्यामा आएका मजदुरले कार्यालय सामान, फर्निचर कम्यूटर, ल्यापटप, चिया मेसिनमा तोडफोड गरि क्षति पुर्याएको सञ्चालक कृष्ण प्रसाइले बताउनुभयो । बिर्तामोडमा उद्योगीको पुतला दहन गरी ट्रकमा चढेर आएका मजदुरहरुले हातमा बाँसको भाटा लिएर एक्कासी उद्योगमा प्रवेश गरेका थिए ।

एक्कासी आएको हुलले नाराबाजी गर्दै चारथान कम्यूटर, एकथान फोटोकपी मेसिन, ल्यापटप, दुइथान मोवाइल, कुर्सी, दराज, मे १ च २२५ नम्बरको ट्रकमा आगजनी गरेको उहाले जानकारी दिनुभयो । आन्दोलनकारीले १५ हजार किलो हरियो चियापत्ती समेत नष्ट गरिदिएको उहाको भनाइ छ । चिया मेसिनमा समेत आगो लगाएर क्षति पुर्याएको उद्योगले जनाएको छ । सरकारले तोकेको न्यूनतम ज्याला दिने शर्तमा मजदुरसँग सहमति गरी आइतबारदेखि चिया उद्योग सञ्चालनमा ल्याएको अर्का सञ्चालक शुक्र दाहालले बताउनुभयो ।

सहमतिको बारेमा आन्दोलित पक्षका मजदुर नेता सन्तकुमार राईलाई जानकारी गराएका थियौं, त्यती गरेर मात्र आजदेखि उद्योग खोलेर हरियो पत्ति लिन थालेका थियौ दाहालले भन्नुभयो ।

‘मजदुर नेताहरुले उद्योगीहरुको कुरा नसुनेर गरिएको तोडफोड घटना व्यक्तिगत स्वार्थ र राजनीतिकरण भएको हो, उहाको दाबी छ । आगजनिकाकारण अनुमानित एकलाख रुपैयाँ भन्दा बढी क्षति पुगेको उहले जनाउनुभयो ।

नेपाल चिया बगान श्रमिक संघ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुतला दहन गरेका थिए । पूर्वका चिया मजदुर चिया मजदुर चैत १७ गतेबाट चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । ज्याला मात्र नभई श्रम ऐन २०७४, श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन समेत कार्यान्वयनमा ल्याउन समेत मजदुरले माग अघि सारेका छन् ।

सरकारले २०७५ साल साउन १ गतेदेखि लागू हुने गरी बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३५० रुपैयाँ तोकेको थियो । उद्योगमा काम गर्ने श्रमिकलाई ४२ रुपैयाँ थपेर ४२७ रुपैयाँ तोकेको थियो। राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला ६ हजार ४६९ रुपैयाँ र महँगीभत्ता चार हजार ३८१ रुपैयाँ तोकिएको छ । तर, यो कुनै प्रावधान कार्यान्वयनमा ल्याउन झापा उद्योगी मानेका छैन । श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचार लगायतको व्यवस्था छ ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: १६ बैशाख २०७६ ०५:३७ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी