२० मंसिर २०७८ सोमबार

0 Shares

मेयरले लेखापालको गालामा २ झापड हानेपछि...

महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृतलाई झापड हानेका छन् । काममा ढिलासुस्ती गरेको भन्दै लेखा अधिकृत पवनकुमार अधिकारीलाई मेयर साहलाई आफ्नै कार्यकक्षमा झापड हानेका हुन् ।

गत वर्षको आयव्यय र हिसाबकिताब पारदर्शी गर्न पटक-पटक आग्रह गर्दा पनि उल्टै विभिन्न बाहना बनाएको र गैरजिम्मेवारी तवरले जे गर्न सक्नुहुन्छ गर्नु भनेपछि झापड हानेको मेयर साहले स्वीकार गरेका छन् ।

मेयरले लेखा अधिकृत अधिकारीसँग हिसाबकिताब दिन आग्रह गरेका थिए । अधिकारीले जे गर्नु छ गर्नुस भन्दै उल्टै गैरजिम्मेवारी जवाफ दिएका थिए । त्यसपछि रिसले चुर भएका मेयर शाहले गालामा झापड हानेका हुन् । पटक-पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि दुई झापड हानेको मेयर साहले बताए ।

यता मेयरको झापड खाएका लेखाअधिकृत अधिकारीले प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिएका छन् । ‘ममाथि मेयर साहले हातपात र दुर्व्यवहार गरेको कुरा महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई मौखिक जानकारी गराइएको छ । अब मेयर साहको कारवाहीको लागि प्रशासनमा लिखित निवेदन दिएर अघि बढ्छु ।’ लेखाअधिकृत अधिकारीले भने ।

प्रकाशित: ११ असोज २०७५ १६:५० बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी