कांग्रेस सभापति देउवाद्वारा सर्वदलीय बैठक आव्हान, नयाँ सरकार गठनबारे छलफल हुने

कांग्रेस सभापति देउवाद्वारा सर्वदलीय बैठक आव्हान, नयाँ सरकार गठनबारे छलफल हुने


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।  बैठक आज दिउँसो २ बजे बस्ने बताइएको छ।

बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको छ। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एमाले) को खनाल–नेपाल समूहका नेताहरुलाई पनि बैठकमा बोलाइएको छ।

बैठकमा नयाँ सरकार, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफ्नो विश्वासको मत गुमाएसँगै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थालेको हो।

सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई तीन दिनको समय दिइसकेकी छिन् । 

Logo