आईपीएल : कोलकत्ता नाइट राइडर्स रोयल च्यालेन्जर्स बैंगलोरसँग फराकिलो रनले पराजित

आईपीएल : कोलकत्ता नाइट राइडर्स रोयल च्यालेन्जर्स बैंगलोरसँग फराकिलो रनले पराजित


काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्स रोयल च्यालेन्जर्स बैंगलोरसँग ८२ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले फराकिलो रन अन्तरले जित दर्ता गरेको हो ।

बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रनमा मात्र बनायो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन फिन्चले ४७ रन जोडेका थिए ।

उता कोलकत्ताका लागि सुबमान गिलले ३४, राहुल त्रिपाठी र आन्द्रे रसेलले १६/१६ रन बनाए ।

आईपीएलको जारी सिजनमा पाँच जितसँगै बैंगलोरले १० अंक जोडेको छ । ७ खेलमा आठ अंक जोडेको कोलकत्ताको भने यो तेस्रो हार हो ।

Logo