1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

प्रदेश नं. ७ मा निर्मला हत्यापछि अरु २८ जना बलात्कृत !

1
1
1
1
1
1
1

धनगढी

कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन् । यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ ।

असोज ४ मा भएको बलात्कारको घटना भने यो तथ्यांकमा समावेश छैन । यो समेत यस प्रदेशमा साउन यता बलात्कारका २८ वटा घटना भएका हुन् । प्रदेश ७ मा पर्ने कञ्चनपुर उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ गते भेटिएको थियो ।

प्रदेश ७ का प्रमुुख प्रहरी नायब महानिरीक्षक सुरज केसीका अनुसार अधिंकाश बलात्कार घटनाका आरोपित प्रहरी नियन्त्रणमा आएका छन् । निर्मलाका हत्यारा पहिचान र पक्राउ गर्न भने प्रहरी असफल भएको छ । निर्मला बलात्कार र हत्या विषयमा ‘अनुसन्धान भइरहेको छ’ भने रेडिमेड जबाफ बाहेक प्रहरीसँग अर्को उत्तर छैन ।

निर्मलाको हत्यापछि कञ्चनपुरमा मात्र नौ वटा बलात्कारका घटना भएका छन् । प्रहरीका अनुसार पछिल्लो पटक असोज ४ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका १ मा सात वर्षीया बालिका बलात्कृत भइन् । आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले बताए । त्यस्तै कञ्चनपुरकै पुनर्वास गाउँपालिकाामा पनि नौ महिने बालिका बलात्कृत भएको उजुरी प्रहरीमा परेको छ । यस घटनाबारे पनि अनुसन्धान भइरहेको एसपी कुवेर कडायतले बताए ।

‘यी दुई घटनाले समाजमा बलात्कार कति डरलाग्दो रुपमा बढिरहेको छ भन्ने अनुमान गर्न सकिन्छ’, शिक्षक तीर्थराज पाण्डे भन्छन्, ‘बलात्कारीलाई कडा कारबाही गर्न र समाजमा चेतनाको स्तर बढाउन नसके यसले अझै भयावह रुप लिन सक्छ ।’ बलात्कार विरुद्ध सडकमा प्रदर्शन भइरहेका बेला पनि यस्ता घटना बढ्नु चिन्ताजनक भएको उनी बताउँछन् ।
नागरिकबाट

प्रकाशित: ८ असोज २०७५ ०८:१५ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी