‘डा. केसीका माग छिटोभन्दा छिटो सम्बोधन गरियोस्’ : डा. शेखर कोइराला

‘डा. केसीका माग छिटोभन्दा छिटो सम्बोधन गरियोस्’ : डा. शेखर कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले डा गोविन्द केसीको माग छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्ना धारणा राख्दै उनले केसीका मागप्रति राज्य निर्मम र कठोर बनेको आरोप लगाए ।

डा. गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ? उनले प्रश्न गरेका छन् , लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।

डा गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिंदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।

चिकित्सा शिक्षा सुधारका माग राख्दै डा. गोविन्द केसी विगत २४ दिनदेखि अनशनरत छन् ।

Logo