स्मार्ट-डोको दशैं अफर : हरेक दिन सामसङको स्मार्टफोन जित्ने मौका

स्मार्ट-डोको दशैं अफर : हरेक दिन सामसङको स्मार्टफोन जित्ने मौका


काठमाडौं ।

बडा दशैंको अवसरमा नेपालको अनलाइन् मेगास्टोर स्मार्टडोकोले “स्मार्ट दशैं अफर” ल्याएको छ । कम्पनीले सेलपेको सहयोगमा ल्याएको यो अफरबाट स्मार्टडोकोका ग्राहकहरुले हरेक दिन सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

यसका लागि स्मार्ट डोकोमा शपिङ गरी सेलपेमार्फत भुक्तानी गर्नुपर्नेछ । कम्पनीले बिहान ११ बजेसम्मको सामान अर्डर त्यसै दिन डेलिभरी दिँदै आएको छ । स्मार्टडोकोमा सामसङ, पानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन, क्रेन, ड्रिमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटी, निभिया लगायतका थुप्रै ब्रान्डका सामानहरु भारी छुटमा राखिएका छन् ।

ग्राहकहरुले १० हजार भन्दा धेरै थरीका सामानहरु स्मार्टडोकोमार्फत किनमेल गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसमा खाद्यान्न, कोभिड महामारीमा अत्यावश्यक सामग्री, मोबाइल फोन, इलेक्ट्रोनिक्स, फेशन आइटम र बेबी केयर लगायतका सामान रहेका छन् । स्मार्टडोको र सेलपे डाउनलोड गरी तपाईंले आफ्नो बैंक खाता लिंक गराउन सक्नुहुनेछ ।

Logo