आइपीएल : चेन्नईको उत्कृष्ट प्रदर्शनसँगै पन्जाब १० विकेटले पराजित

आइपीएल : चेन्नईको उत्कृष्ट प्रदर्शनसँगै पन्जाब १० विकेटले पराजित


काठमाडौं ।
आइपीएलमा साविक उपविजेता चेन्नई सुपर किङ्सले उत्कृष्ट पुनरागमन गरेको छ । जारी १३ औं संस्करणको आइपीएलमा दोस्रो जित निकालेको चेन्नईले किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ ।

गए राति सम्पन्न खेलमा पन्जाबले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गरेको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो ।

जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौँ स्थानमा छ । ५ खेलमा एक मात्र जित हात पारेको पन्जाव भने २ अंकसहित तालिकाको पुछारमा छ ।

Logo