प्रेरक प्रसंगः बाहिरी सुन्दरताभन्दा राम्रो व्यवहारकाे महत्व धेरै हुन्छ

प्रेरक प्रसंगः बाहिरी सुन्दरताभन्दा राम्रो व्यवहारकाे महत्व धेरै हुन्छ


हामीले सुन्दरतालाई होइन मानिसको गुणलाई हेर्नु पर्दछ। केवल सद्गुणद्वारा नै व्यक्तिको वास्तविक पहिचान गर्न सकिन्छ। 

यस सन्दर्भमा एक लोककथा प्रचलित छ। कथा अनुसार, धेरै पहिले एक राजा धेरै सुन्दर थिए। यस कारणले, उनी आफ्नो सुन्दर अनुहारमा धेरै गर्व गर्थे। राजाका महामन्त्रीहरू धेरै विद्वान थिए, तर उनीहरू सुन्दर थिएनन्। मन्त्रीको रंग कालो थियो र उनको अनुहारमा धेरै साना दागहरू पनि थिए।

एक दिन राजा ठट्टाको मुडमा थिए। उनले आफ्नो मन्त्रीलाई भने, तपाईं बुद्धिमान् हुनुहुन्छ तर यदि तपाईं सुन्दर पनि भएको भए राम्रो हुने थियो। मन्त्रीले राजाले आफूलाई जिस्काएको बुझेर भने राजन “रुप रंग त उमेरसँगै नष्ट हुन्छ, एक राम्रो व्यक्तिको पहिचान उसको गुण र ज्ञानबाट चिन्न सकिन्छ।”

राजाले मन्त्रीलाई भने कि तिमीले भनिरहेको कुरा प्रमाणित गर्न सक्छौ?

मन्त्रीले भने, “ठीक छ महाराज, म भोलि यो कुरा प्रमाणित गर्नेछु।” त्यो गर्मीको समय थियो। त्यसपछि महामन्त्रीले राजासँगै राखिएको माटोको भाँडो हटाएर त्यस ठाउँमा सुनको कलश राखेर त्यसमा पानी भरिदिएर एउटा कपडाले कलशलाई छोपे।

भोलिपल्ट दरबारमा राजा र सबै दरबारियाहरू उपस्थित थिए। दिउँसो गर्मी बढेको थियो, जब राजा तिर्खाए उनले नोकरलाई पानी ल्याउन भने। नोकरले तुरुन्तै कलशमा रहेको उक्त पानी भरेर राजालाई दिए।

पानी पिउने बितिकै राजा क्रोधित भए। राजाले गर्मीमा तातोपानी दिएको निहुँमा नोकरलाई गाली गरे। नोकर डराएर कलशको कपडा हटाउँदा र त्यहाँ एउटा सुनको कलश राखिएको थियो। त्यहाँ उपस्थित मानिसहरू कलशको सुन्दरताबाट धेरै प्रभावित भए। सबैले कलशको प्रशंसा गरिरहेका थिए, तर राजाको क्रोध शान्त हुन सकेन।

राजा क्रोधित भएको देखेर ती मन्त्री उनको नजिक पुगेर भने राजन, हिजो मैले भनेको थिएँ ज्ञान र गुणहरु सुन्दरताभन्दा बढी महत्वपूर्ण हुन्छन्। सुनको कलश सुन्दर छ तर यसले पानी चिसो पार्न सक्दैन। जबकि कुरूप कालो भाँडोले पानी चिसो राख्छ, यसैले पिउनको लागि माटोको भाँडो राखिन्छ न कि सुनको कलश।

एक व्यक्तिको गुणले नै उसलाई उपयोगी बनाउँदछ, कुनै पनि व्यक्तिको सुन्दरता देखेर न्याय गर्नु गलत हुन्छ। अब तपाइँ मलाई बताउनुहोस् कि रुप ठूलो वा गुण र बुद्धि?

मन्त्रीको कुरा सुनेपछि राजाले आफ्नो सोच गलत भएको महसुस गरे र आफ्नो सुन्दरताको घमण्ड गर्न छोडे।

Skip This
Logo