‘डा.गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नु पर्ने बेला आएको छ’ : गगन थापा

‘डा.गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नु पर्ने बेला आएको छ’ : गगन थापा


काठमाडौं ।

नेपाली कांगेसका सांसद गगन थापाले डा. गोविन्द केसीको जीवन रक्षाका लागि सबैले बोल्नु पर्ने बेला आएको बताएका छन् ।

२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य गम्भीर बन्दै जाँदा पनि सरकारले वास्ता नगरेको भन्दै थापाले नागरिक तहबाट उनको जीनव रक्षाको पहल गर्नुपर्ने बताएका हुन् । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारलाई जनताको स्वास्थ्य र डा. केसीको जीवनरक्षाको भन्दा बढी कसलाई सांसद र मन्त्री बनाउने भन्ने चिन्ता रहेको आरोप पनि लगाए ।

उनले लेखेका छन् ,

२० दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । सरकार मस्त निद्रामा छ। सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा. केसीको जीवनरक्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं , डा. केसीको जीवन रक्षा गर । सहमतिको पालना गर ।

Logo