प्रदेश नं. १ मा १९७ नयाँ संक्रमित थपिए

प्रदेश नं. १ मा १९७ नयाँ संक्रमित थपिए


विराटनगर ।

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा १९७ जना कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्यामा यो हालसम्मकै उच्च हो ।

थपिएका सङ्क्रमितमा मोरङका १४६ मध्ये विराटनगरमा १२३ , सुनसरीमा २३, झापामा २१, तेह्रथुममा दुई र प्रदेश बाहिर पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती मध्ये महिला ६५ र पुरुष १३२ छन् भने विराटनगरमा थपिएका मध्येमा महिला ४७ र पुरुष ७६ रहेका छन् ।

यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ। हालसम्म तीन हजार ४३८ निको भएर घर फर्किसकेका र एक लाख २५ हजार ६८१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Logo