वामदेव गौतम विरुद्धको रिट आज पनि हेर्दा हेर्दैमा सकियो

वामदेव गौतम विरुद्धको रिट आज पनि हेर्दा हेर्दैमा सकियो


काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई शुक्रबार पनि हेर्दा हेर्दैमा सकिएको छ । शुक्रबार सरकारी वकिलकोतर्फबाट बहस सकिएपछि गौतम पक्षका वकिल प्रा.डा. युवराज संग्रौलाले बहस गरेका थिए । हेर्दा हेर्दैमा राखिएको यो मुद्दाको अर्को सुनुवाई बुधबार ११ बजे पुन सुरु हुनेछ । यसअघि पनि बुधबार संवैधानिक इजलासले यस मुद्दालाई हेर्दा हेर्दैमा राखेको थियो ।

त्यस्तै अब हुने सुनुवाईमा उपाध्यक्ष गौतमकातर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, रविनारायण खरेल, साथै अधिवक्ताहरु टिकाराम भट्टराई, अनन्त लुइँटेललगायतका करिब ४० वकिलले वहस गर्ने छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेकपाका उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय गैरसंवैधानिक भएको भन्दै रिट निवेदन पेश गरेका थिए । वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा असोज ७ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतले राष्ट्रिय सभामा मनोनित भएका नेता गौतमलाई संवैधानिक जिम्मेवारी नदिन भन्दै यथास्थितिमा राख्न आदेश दिएको थियो । साथै थप संवैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता हरि उप्रेतीलगायतले बहस गरेका थिए भने उपाध्यक्ष गौतमको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहितले बहस गरिसकेका छन् ।

Logo